जम्मु काश्मिरको हन्द्यवाडामा रहेको भारतीय सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण

<span class='c1'>जम्मु काश्मिरको हन्द्यवाडामा रहेको भारतीय</span> <span class='c2'>सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण</span>

भारत प्रशासित जम्मु–काश्मिरको हन्दवाडामा रहेको सेनाको क्याम्पमा आक्रमण भएको छ । समाचार संस्था पिटिआईले प्रहरीलाई उद्धृत गर्दै सेनाको क्याम्पमा बिद्रोहीले आक्रमण गरेको बताएको छ ।आक्रमणपछि गोली हानाहान भएको पिटिआईले जनाएको छ । बिद्रोहीले ३० राष्ट्रिय राइफल्सको क्याम्पमा बिहान पाँच बजे आक्रमण गरेका हुन् । अहिले बिद्रोही विरुद्धको खोजी अभियान सुरु भएको छ । पछिल्लो समय काश्मिरको आर्मी क्याम्पमा भएको यो तेस्रो आक्रमण हो । तीन दिनअघि बिद्रोहीले बारामुल्लाहमा रहेको बिएसएफको क्याम्पमा आक्रमण गरेका थिए । यस्तै सेप्टेम्बर १८ मा उरीममा रहेको आर्मी क्याम्पमा आक्रमण गरेका थिए । त्यसबेला १९ सैनिकको ज्यान गएको थियो । काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबिच तनाव बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्