गच्छदारले हेरे थारु चलचित्र

<span class='c1'>गच्छदारले हेरे</span> <span class='c2'>थारु चलचित्र</span>

विराटनगर, २० असोज
केशव रायमाझीले निर्देशन गरेको थारु चलचित्र ‘तोर हमर सपना’ चलचित्र प्रर्दशनी भएको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रीकको अध्यक्ष विजय कुमार गच्छदारले चलचित्रको उद्घाटन गरि प्रदर्शनी भएको हो ।  सुनसरीको दुहबीमा रहेको गंगा सिनेमा हलबाट यो चलचित्रको प्रर्दशनी भएको छ । गच्छदारले ‘तोर हमर सपना ’ चलचित्र मध्यरतरसम्म हेर्नुभएको थियो । थारु सामुदायलाई समेटिएर बनेको चलचित्र राम्रो रहेको प्रतिक्रिया दिनुभयो । समाजको घटेको वियबस्तुलाई निर्देशक रायमाझीले सरल ढङ्गले प्रस्तुत गर्नुभएको छ ।

चाँदनी फिल्मको ब्यानरमा निमार्ण भएको चलचित्रको निर्मता नरेश चौधरी रहेका छन् ।
नथ्थु चौधरीको प्रस्तुतकर्ता रहनुभएको चलचित्रको कथा मनोज चौधरीले गरेका हुन भने सम्वाद राम लक्ष्मण विश्वास गरेका छन्  । संगीत देव के विश्वास, नत्ृय कमल राई, दन्द्ध नविन तामाङ्ग र छाँयाकन विक्रम डिसीले गरेका छन् । १२ लाख रुपैयाँ लागतमा निमार्ण भएको चलचत्रिको सह निर्मता अरविन चौधरी रहेका छन् ।
चलचित्रको नायकमा जय चौधरी रहेका छन् भने नायिकामा सानु विश्वास रहेकी छिन् । अन्य कलाकारहरुमा नथु चौधरी, पर्शुराम चौधरी, सुनित चौधरी, अर्जुन चौधरी, नरेश चौधरी, कन्चन विश्वास, रेणु चौधरीलगायतले अभियन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्