मिस्टर एण्ड मिस लिटिल कोशीको प्रशिक्षण सुरु

<span class='c1'>मिस्टर एण्ड मिस लिटिल</span> <span class='c2'>कोशीको प्रशिक्षण सुरु</span>

प्रेम देवान
विराटनगर १ कात्तिक
जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरको आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस लिटल कोशीको आन्तरीक प्रशिक्षण सोमबारबाट विराटनगरमा सुरु भएको छ ।
गत असोज २१ र २२ गते विराटनगरमा भएको पहिलो सिजन मिस्टर एण्ड मिस लिटल कोशीको अडिसनबाट छानिएका १५ बालक र २० जना बालिकालाई बन्द प्रशिक्षणमा राखिएको छ ।
दशै र तिहारको विदामा रहेका स्कुलले बालबालिकालाई पढाई प्रति लक्षित गर्दै तथा विद्यार्थीहरुको खेरा गईरहेको समयलाई सदुपयोग गर्न मिस्टर एण्ड मिस लिटल कोशीको पहिलो सिजन गरीएको जय मिडीया मेनेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए ।
जय मिडीयाले विशेष गरी स्कुलले विद्यार्थी ५ बर्ष देखी १५ बर्ष उमेरका सानसाना बालबालिकाहरुमा भएको प्रतिभालाई प्रस्फ्टन गराउने उद्देस्य रहेको पनि निर्देशक रायले बताए ।
मिस्टार एण्ड मिस लिटल कोशीका विजेताहरुले नगद ३५ हजार, २५ हजार र २० हजार साथमा विभिन्न सव टाईटलको साथमा बहुमुल्य गिप्ट ह्यापर पनि पाउने छन् ।
मिस्टर एण्ड मिस लिटल कोशीको फाईनल राउण्ड आगामी कात्तिक २० गते हुने भएको छ ।
जय मिडिया मेनेजमेन्ट प्रालिले केही समय अगाडी मिस कोशी र मिस्टर एण्ड मिस एसएलसी र हाल मिस्टर कोशी गर्दै छ ।i

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्