दिपाश्रीले झिलीमिली साँझमा तहल्का मचाईन्

दिपाश्रीले झिलीमिली साँझमा तहल्का मचाईन्

प्रेम देवान

विराटनगर १८ कातिक ।

स्थानिय श्री अनन्त स्पोटिङ्ग क्लबले आयोजना गरेको मोरङको कटहरी ३ स्थित खोरिया भन्ने स्थानमा बुधबार झिलिमिलि साँंझ सांस्कृतिक तथा सम्मान कार्यक्रममा दर्शकहरुले भरपुर मनोरञ्जन लिन पाए । अहिले कै सबैभन्दा सुपरहिट नेपाली फिल्मी छक्का पन्जाकी निर्देशक तथा नायिका दिपा श्री निरौलाको उपस्थितीमा आम दर्शकले भरपुर मनोरन्जन लिन पाए । झिलिमिलि साँंझ सांस्कृतिक तथा सम्मान कार्यक्रममा सु्रक्षाकर्मिलाई समेत दर्शकको भिडलाई समाल्न हम्मे– हम्मे परेको थियो । सुरुमा स्थानिय कलाकारहरुले आ– आफनो प्रस्तुति पछी दिपा श्री निरौला जब कार्यक्रम स्थलमा प्रवेश गरिन् उनलाई स्वयमसेवक तथा सुरक्षा कर्मीहरुले घेरा हाली कार्यक्रमको स्टेजमा पुर्याउन निकै गाहे भएको भएको थियो । दिपाले सुरुमै आई लव यु खोरिया गाईज भन्ने वित्तिकै हुटिङ्ग र तालीको बर्षा नै भएको थियो ।

event

उनले चलचित्र वाड न ६ को सुर्खे थैली खाई भन सुर्खे थौली खोई भन्ने गीतमा नाच्न थाले पछि उपस्थित दर्शक पनि के कम सबै जना कम्मर मचाई मचाई नाच्न भ्याए । खोरियामा थारु र चौधरी बस्ती भएका कारण पनि दिपाले धनियाको बोलीमा केही बेर मनोरन्जन दिलाईन् । उपस्थित अथिती, पत्रकार अन्य कलाकार, साउण्ड सिस्टमका भाई र आम दर्शकलाई धनियाको भाषा मै जिस्काउन समेत भ्याईन् । उनले बोलेको धनियाको भाषामा निकै नै दर्शकले रुचाए । दिपा आफ्नो बुवा तुलसी प्रसाद निरौला दिदि र बहिनीको साथमा आएकी थिईन् । कार्यक्रम रेडियो नेपालका वरिष्ठ कलाकार रामा मण्डल, प्रवल्दीप विश्वास , नितीन गजुरेलले गीत गाएका थिए । कार्यक्रममा क्लवले बरिष्ट गायक रामा मण्डल र दिपा श्री निरौलालाई गायन र कलाकारीता क्षेत्रमा लामो समय देखी योगदान पुर्याएको भन्दै सम्मान गरिएको कार्यक्रम संयोजक राजेश राजवशीले जानकारी दिए । सम्मानित व्याक्तीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्राडा विविश पोखरेलले बरिष्ट कवि खेम नेपालीले सम्मान गर्नुभएको क्लवका अध्यक्ष अमित राजवंशीले जानकारी दिए ।

event1

तस्बिर : प्रेम देवान 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्