विराटनगरमा छठ पर्वको अबसरमा सांगीतीक कार्यक्रम

विराटनगरमा छठ पर्वको अबसरमा सांगीतीक कार्यक्रम

प्रेम देवान
विराटनगर २२ कातिक ।
तराई भेगमा मनाईने विशेष चार्ड छठ पर्वको अबसरमा विराटनगर १६ र १७ मा पर्ने रानी सिकीयाई नहर हनुमान मन्दिर स्थित सांगीतीकमय सांझ भएको छ । स्थानिय रानी युवा क्लव विराटनगर १६ को विशेष पहलमा रातभरी छठ पर्वमा
जाग्राममा बसेका भक्तजनहरुलाई मनोरञ्जन तुल्याउन सांगितक कार्यक्रम गरिएको कार्यक्रम संयोजक गन्नु यादवले बताए ।
हरेक बर्ष छठ पर्वमा यसरी सांगीतीक कार्यक्रम गरेर यसभेगका स्थानिय
कलाकारहरुलाई विशेष प्राथकिता दिएर अगाडी बढाउने उद्देस्य रहेको संयोजक  यादवले जनाए । सांझ ६ बजे देखी सुरुभएको सांगीतीक कार्यक्रममा जोन ग्रुप, सविना तामाङ, जेनिसा, पुजा, खुस्बु, सोनीया, सन्ध्या,सिर्जना, दिया, रियाले नेपाली तथा हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।dsc_1965
यसैविच आनन्द कर्णले छोरी माग्न जादां बोलको गीत गाएर उपस्थित आम दर्शक
तथा भत्तलालुजनहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रम हेर्न रानी मिल्श
एरीया, कोशी प्रोजेक्ट , जतुवा, बखरीबाट बाक्लो मात्रमा दर्शकहरुको उपस्थित
रहेको क्लवका गौतम शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्