विराटनगरमा पहिलो पटक मिस विराटनगर हुने

विराटनगरमा पहिलो पटक मिस विराटनगर हुने

 

विराटनगर, २५ कार्तिक ÷ अंग्रेजी नयाँ वर्षको अवसर पारेर विराटनगरमा मिस विराटनगर २०१७ विराटनगरमा पहिलो पटक हुने भएको छ ।
विराटनगरमा रहेको लक्ष्य ईम्पोरियमको आयोजनामा मंसिरको पहिलो साताबट प्रतियोगिता अडिसन राउण्ड सुरु हुने भएको हो । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि किशोरीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक अमित गुप्ताले जानकारी दिए । प्रतियोगितामा १८ देखी २५ बर्ष उमेर समूहका अविवाहित किशोरीहरुले भाग लिन पाउने छन् ।
किशोरीहरुको व्यक्तित्व विकास गर्नुको साथै प्रतिभा उजार गर्ने उद्दयले आयोजना गरिएको फाइनल राउण्ड आगामी नयां वर्षका दिन जनवरी एकका दिन पुष १६ गते विराटनगरमा प्रेस संयोजक प्रेम देवानले पत्रकार सम्मेलनमा बताए ।
विजेताले नगद १ लाख १ हजार प्राप्त गर्नेछन् । फस्ट रनरअपले नगद ५१ हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ प्राप्त गर्ने सक्ेन संयोजक देवानले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्