लिटल कोशी २०१६ को उपाधी जागृत र रेनिसाले चुमे

लिटल कोशी २०१६ को उपाधी जागृत र रेनिसाले चुमे

प्रेम देवान
विराटनगर २८ कार्तिक ।
जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनमा विराटनगरमा भएको मिस्टर एण्ड मिस लिटल कोशी २०१६ को ग्रान्ड फिनाले शनिबार राती सम्मन्न भएको छ ।
एक महिना अगाडी अडिसन राउण्डबाट छानिएका मेल र फिमेल गरी लिटल कोशीका २४ जना प्रतिस्प्रधीहरुले स्प्रधा गर्दै फाईनल राउण्ड सम्म आईपुगेका थिए । फाईनल राउण्डमा विजेताको घोषणा मेल तर्फ जागृत आर्चय भए भने फिमेल तर्फ विराटनगर ११ की ७ बर्षिया रेनिशा निरौला घोषित भए । उनीहरुले नगद ३५ हजार पुरस्कार हात पार्नुका साथै विभिन्न टाईटल समेत हात पार्न सफल भए ।
त्यसैगरी फिमेल तर्फ पुर्वाअञ्चल विद्या सदन स्कुल विराटनगर १७ कक्षा ६ मा अध्ययनरत ११ बर्षिया अन्जेनिता श्रेष्ठ फष्ट रनर अप हुनका साथै बेष्ट पर्फमेन्सको टाईटल पनि हात पारिन् । त्यसैगरी उन्नती चापागाई सेकेन्ड रनरअप हुनका साथै मष्ट चार्मिङ्गको टाईटल पनि जित्न सफल भईन् ।
यसैविच मेल तर्फ सान्तानु रोय फष्ट रनरअप भए भने उनले मष्ट कन्फिडेन्टको टाईटल हात पारे भने सेकेन्ड रनरअप साईरस ओझा भए । उता ईसालिन राईले मष्ट भर्सटाईल, दिया तिवारीले बेष्ट फ्रेन्ससिप,हेल्दी स्कीन द्रिष्टी राई, वेष्ट वल्क एण्ड फेसबुक च्वाइएसम अतिथी बस्नेत, फोटो जेनिक अनुष्का पोख्रेल, व्यूटीफुल आई आरुसी शर्मा,बेष्ट फिजीक शौरभ श्रेष्ठ, मष्ट पपुलर भोटिङ्गमा स्वएछा राउत र मष्ट हेन्सम सुभाकंर रोय भए । यसैविच प्रतिस्प्रधी २४ जनाले विभिन्न सबटाईटलको उपाधी जीतेका थिए ।
स्कूल स्तरमा अध्ययरत साना बालवालिकाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ५ देखी १५ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहेको जय मिडिय प्रालिका निर्देशक जयराज रायले जानकारी दिए । फाइनलको प्रमुख अतिथि मोडल तथा नायक चप्पली हाइट – २ का आयूषमान जोशी रहेका थिए ।
प्रतियोगितालाई रोचक पार्न स्थानिय कलाकारहरुको सागीतिक कार्यक्रम पनि पस्कीएको थियो । साथै मिस्टर कोशी २०१६ का प्रतिस्प्रधीहरुले वल्क पनि देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्