गजल -प्रिया एउटा – कविता केशरी

<span class='c1'>गजल -प्रिया एउटा</span> <span class='c2'>– कविता केशरी</span>

 

प्रिया एउटा काम गरौ मन्दिर सामु उभिएर
अाऊ न हरे राम गरौ मन्दिर सामु उभिएर ।

तिम्रो जीवन अमुल्य छ मेरो पनि अमुल्य हो
अाऊ एउटै दाम गरौ मन्दिर सामु उभिएर।

जात जम्मा दुईटा हुन्छ एक तिमी अर्को म हूँ
यो सत्यलाई प्रणाम गरौ मन्दिर सामु उभिएर।

दुख कष्ट महामारी अाउन सक्छ जीवनमा
सबै नाका जाम गरौ मन्दिर सामु उभिएर ।

तिमी विना म अधुरो म विना तिमी पनि
यो शृष्टीलाई सलाम गरौ मन्दिर सामु उभिएर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्