सन्दिप क्षेत्रीको बिराटनगरमा भव्य कार्यक्रम हुने

<span class='c1'>सन्दिप क्षेत्रीको बिराटनगरमा</span> <span class='c2'>भव्य कार्यक्रम हुने</span>

बिराटनगर मङ्सिर १२ .

बिराटनगरमा कान्तिपुर टेलिभिजनको चर्चित " वाट द फ्लप" का सन्दिप क्षेत्री (मिठाइलाल जादव) मुख्य आकर्षण रहेको "फुट फर डान्स" सिजन ४ हुने भएको छ । मिस्ट्रि डान्स ग्रुपको आयोजना तथा पतंजलीको मुख्य प्रायोजनमा उक्त कार्यक्रम हुन लागेको हो  । कार्यक्रम पुस ९ गते शनिबार "क्रिसमस इभ" को दिन बिराटनगरको जैन भवनमा हुने आयोजक पुरु अग्रवालले आवर बिराटनगरलाई बताए  । कार्यक्रममा कमेडीयन सन्दिप क्षेत्रीको प्रस्तुति , मिस्ट्रि डान्स ग्रुपको डान्स, र्याम्प शो साथै अन्य कलाकारहरुको प्रस्तुति हुने अग्रवालले बताए । हरेक वर्ष  मिस्ट्रि डान्स ग्रुपले "फुट फर डान्स" कार्यक्रम गराउदै आएको छ  । कार्यक्रमको मिडिया पार्टनरको रुपमा आवर बिराटनगर डट नेट रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्