विरामी छोरालाई
हस्पिटलको वेडमा एक्लै छोडेर
उनी मन्दिर गए
प्राथना गरे
भगवान् सँग,
'प्रभु, मेरो छोरा लाई वचाउनुहोस्'
एकैछिनमा
एक मानिस
आफ्नो काम छोडेर भएपनि
अस्पताल आए
र एक पिन्ट रगत दिएर गए ।
नियमित रक्तदान गर्ने सवै रक्तदाता हरूमा समर्पित ।