मिस विराटनगरको पहिलो अडिसन सम्पन्न

<span class='c1'>मिस विराटनगरको पहिलो</span> <span class='c2'>अडिसन सम्पन्न</span>

 

प्रेम देवान

विराटनगर १८ मंसिर ।

युवतीहरुमा भएको प्रतिभाको प्रस्टफुटन गराउने उद्देस्यले आयोजना गर्न लागिएको मिस विराटनगरको पहिलो अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको छ ।

अंग्रेजी महिनाको नयाँ वर्षको २०१७ को अवसर पारेर विराटनगरमा मिस विराटनगरमा यस किसीमको पहिलो पटक सौर्दय प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।
विराटनगर ४ स्थित रहेको एक्टिभ ईन्टरनेशनल मिडीयाको आयोजना तथा लक्ष्य ईम्पोरियम विराटनगरको सहकार्यमा गर्न लागिएको हो ।
सौर्दय प्रतियोगिताको पहिलो अडिसनको निर्णायक मण्डलहरुमा व्यूटीसियन चन्द्रकला राई , युवा व्यावसायी विक्रम गुप्ता, नृत्य निर्देशक संन्जीव सहनी ज्याक, एक्टीभ ईन्टरनेसनल मिडीयाकी निर्देशक आभा अनुपमा रहेको कार्यक्रम संयोजक अमित गुप्ताले जानकारी दिए ।
विराटनगर लगायत आसपासका छिमेकी गाविसका कक्षा १० देखी स्नातक तह सम्मका १८ देखी २५ बर्ष उमेर समूहका अविवाहित किशोरीहरुले भाग लिन पाउने छन् ।
किशोरीहरुलाई टेनिङ्ग अवधीभर व्यक्तित्व विकास, भाषण कला, पहिरान, आउड डोर फोटो सुट गर्नुको साथै प्रतिभा उजार गर्ने मुख्य उद्दय रहेको छ । साथै ट्रेनिङ्गको संयोजन एम.एम प्रोडक्शनकी भिजे रिता कटेलले गर्नेभएकी छिन् ।
विजेताले नगद १ लाख १ हजार प्राप्त गर्नेछन् । फस्ट रनरअपले नगद ५१ हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
साथै मिस विराटनगरको दोस्रो अडिसन आगामी मंसिर २५ गते विराटनगरमा हुने आयोजकले जनाएको छ ।

img_8878-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्