तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

२१ मंसिर, काठमाडौं । तामिलनाडुकी मुख्यमन्त्री जे जयललिताको निधन भएको छ ।चेन्नाईको अपोलो अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै साति साढे ११ बजे उनको निधन भएको जनाएको हो ।

६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । र, आइतबार उनलाई हृदयघात भएको थियो ।

जयललिताको अन्तिम संस्कार आज साँझ मरीना किनामा गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जयललितालाई अन्तिम श्रद्धान्जली दिन चेन्नाई जाने कार्यक्रम छ ।

उनको मृत्यु पूर्व नै समाजिक सञ्जाल र तामिल च्यानलहरुमा मृत्युका समाचार सार्वजनिक भएपछि हंगामा भएको थियो । जसका कारण अस्पताल परिसमा रहेका उनका शुभचिन्तकमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

उनी आइसीयूमा भर्ती भएसँगै अस्पताल परिसरमा उनका शुभेक्षुक र शुभचिन्तकको भिड लागेको थियो । जनतामा लोकप्रिय रहेकी जयललिताले दक्षिण भारतीय फिल्मा समेत अभिनय गरेकी थिइन् ।

जानकारका अनुसार सुरु भएको जयललिता एक सफल वकिल बन्न चाहन्थिन् । तर, भाग्यले उनलाई पहिला फिल्ममा र पछि राजनीतिमा लग्यो ।

जयललिताले १४० फिल्म खेल्नुका साथै आठ पटक विधानसभाका चुनाव लड्ने तथा एक पटक राज्यसभाका लागि मनोनित हुनुका साथै चार पटक तामिलनाडुकी मुख्यमन्त्री बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्