विमान दुर्घटनामा कम्तिमा पनि ४७ जनाको ज्यान गयो

विमान दुर्घटनामा कम्तिमा पनि ४७ जनाको ज्यान गयो

पकिस्तानमा अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएको विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा कम्तिमा पनि ४७ जनाको ज्यान गएको छ ।
पाकिस्तानको उत्तरपश्चिममा पर्ने हाभेलिन क्षेत्रमा विमान दुर्घटना भएको बताइएको छ । विमानमा ४० जना यात्रु र सात जना चालकदलका सदस्य रहेको पीआईएका प्रवक्ता डेनियल गिलानीलाई उद्धृत गर्दै अन्तरासिट्रय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानको उत्तरपश्चिमी चित्राल जिल्लाबाट रावलपिण्डीका लागि उडेको विमान दुर्घटना भएको हो । प्रवक्ता गिलानीले विमान स्थानीय समयअनुसार दिउसो ३ः३८ बजे उडेकोमा ४ः२० बजे कन्ट्रोल टावरबाट सम्पर्कबिहीन भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्