प्रशान्त महासागरमा ७.७ रेक्टरको भूकम्प

<span class='c1'>प्रशान्त महासागरमा ७.७</span> <span class='c2'>रेक्टरको भूकम्प</span>

२४ मंसिर, काठमाडौं । प्रशान्त महासागरको सोलोमन टापु नजिक भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ ।

भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले फिर्ता लिइएको छ । भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्कसमेत विच्छेद भएको छ ।

एशिया प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार सोलोमन टापू, वानुआतु, पपुवा न्यू गिनी, नैअरु, न्यू क्यालिडोनिया, तुवालु तथगा कोसरे क्षेत्रमा केही समयमा प्रभावपर्ने जनाइएको छ ।

चेतावनी केन्द्रका अनुसार सुनामी आएको खण्डमा एक देखि तीन मिटर अग्लो छाल आउन सक्छ । तर, अहिले सुनामिको खतरा नरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्