मिस विराटनगरका २० प्रतियोगि छनोट

<span class='c1'>मिस विराटनगरका २०</span> <span class='c2'>प्रतियोगि छनोट</span>

 

प्रेम देवान

विराटनगर, २५ मंसिर ÷ युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरको दोस्रो अडिसन सम्पन्न भएको छ ।
विराटनगरमा शनिबार भएको दोस्रो अडिसनबाट १६ जना र पहिलो अडिसनबाट ४ जना गरी २० किशोरी छानिएका छन् ।received_10207671011882060
दोस्रो अडिसनको निर्णक मण्डलहरुमा एक्टिभ मिडीयाकी आभा अनुपमा, मकालु टेलिभिजनका सिइओ दिवश सुवेदी मिस विराटनगरका निर्देशक अमित गुप्ता एमएम प्रा्ड्क्शनकी भिजे रिता कट्टेल रहेका थिए । त्यसैगरी प्रमुख अतिथीमा व्यूटिसीयन चन्द्रकला राई रहनुभएको थियो ।
अंग्रेजी महिनाको नयाँ वर्ष २०१७ को अवसर पारेर आयोजना गरिएको प्रतियोगिता एक्टिभ ईन्टरनेशनल मिडिया प्रालिको आयोजना तथा लक्ष्य ईम्पोरियम विराटनगरको सहकार्यमा हुदैछ । received_10207671011762057

दोस्रो अडिसनबाट छनौट भएका किशोरीहलाई आगामी पुस १७ गते अर्थात नया वर्षको उपलक्ष्यमा विराटनगरमा हुने फाइलनमा प्रवेश गराउने मिस विराटनगरका मेनेजिङ्ग डाईरेक्टर कौशलभगतले जानकारी दिए ।
किशोरीहरुलाई टे«निङ्ग अवधीभर व्यक्तित्व विकास, भाषण कला, पहिरान, आउड डोर फोटो सुट गर्नुको साथै प्रतिभा उजार गर्ने मुख्य उद्देस्य रहेको छ । साथै ट्रेनिङ्गको संयोजन एम.एम प्रोडक्शनकी भिजे रिता कटेलले गर्नेभएकी छिन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार नगद प्राप्त गर्नेछन् । यस्तै फस्ट रनरअपले नगद ५१ हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । received_10207671011922061
तस्बिर : प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्