मेक्सिकोमा पटाका पड्किँदा कम्तिमा २६ जनाको मृत्यु

<span class='c1'>मेक्सिकोमा पटाका पड्किँदा कम्तिमा</span> <span class='c2'>२६ जनाको मृत्यु</span>

एजेन्सी, पुस ६

मेक्सिकोमा पटाका पड्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन्। मेक्सिको सिटिको करिब ३२ किलोमिटर बाहिर रहेको पटाका बजारमा पटाका पड्किँदा अन्य दर्जनौ मानिस घाइते भएको बीबीसीले जनाएको छ।

भिडियो फुटेजमा पटाका आकाशमा गएर पड्किएको देखिएको समेत बीबीसीले उल्लेख गरेको छ। पटाकाहरूमा आगो लागेपछि ती पड्किएका हुन् भने उक्त घटनाको कारणबारे केही खुल्न सकेको छैन।

उक्त राज्यका गर्भनर इरुभियल एभिलाले आफूहरूको सबैभन्दा पहिलो प्राथमिकता घाइतेहरुको उद्धार तथा उपचार रहेको बताएका छन्। दुर्घटनापछि मेक्सिकोका राष्ट्रपति इनरिक पेना नियटोले ट्विट गर्दै दुर्घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति ऋद्धाञ्जली व्यक्त गरेका छन् भने मृतकका परिवारलाई धैर्य धारणा गर्न आग्रह गरेका छन्।

उक्त बजार सन् २००५ को सेम्टेम्बरमा पनि यसरी नै बिस्फोट भएको थियो। मेक्सिकोको स्वतन्त्रता दिवसको अघि मात्र उक्त बिस्फोटको घटना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्