प्रेम देवान
विराटनगरमा लामो समय पछि अर्को एउटा सांगीतीक–सांकृतिक सांझ कार्यक्रम हुने भएको छ । विराटनगरको जाडो महिनालाई तताउन आगामी पुष ९ गते शनिबार सांझ बिराटनगरको जैनभवनमा युवाजमातले तताउने भएका छन् । कार्यक्रम युवा मात्र नभई बालबालिकाहरु देखी लिएर वृद्धाहरुको समेत उपस्थित रहनेछ । ।
विराटनगर मेन रोडमा रहेको रहेको मिस्ट्रि डान्स ग्रुपले प्रत्येक वर्ष गरे झै यसपाली पनि भव्य रुपमा“फुट फर डान्स” सिजन ४ गर्दै छ । नृत्य विधालाई पनि व्यावसायिकीकरण बनाउनु पर्छ भन्ने उद्धेस्यले फुट फर डान्स सिजन ४ गर्ने भएको हो । शनिबार हुने कार्यक्रममा कान्तिपुर टेलिभिजनको चर्चित ” वाट द फ्लप” का सन्दिप क्षेत्री संचालक तथा कलाकार (मिठाइलाल जादव) मुख्य आकर्षणको रहेका छन् । उनले कार्यक्रमको होस्टिङ बावजुद आफ्नो हास्यकला प्रस्तुत गर्ने भएका छन् । मिस्ट्रि डान्स गु्रपको आयोजना तथा पतंजलीको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रममा भारतको कलकत्ता, काठमान्डौ,ईटहरी, धरान,सिक्कीमबाट समेत कलाकारआउने आयोजक संस्थाका पुरु अग्रवालले जानकारी दिए । विराटनगरको जैन भवनमा शनिबार ४ बजे देखी हुने दिन “क्रिसमस इभ” पनि परेको छ । कार्यक्रमको विचमा विराटनगरका मोडलहरुले मिस्ट्रि गाईज ग्रुपको सहयोगमाआदा दर्जन जति लेडिज मोडलहरुले र्याम्प वर्क पनि देखाउने भएका छन यसका लागी विराटनगरका मात्र नभई लहान, धरान, ईटहरी उर्लाबारी र झापा देखी समेत दर्शक आउने आयोजकको दावी छ ।