प्रेम देवान
विराटनगर, १२ पुष ÷ युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरका प्रतिस्प्रधीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् ।विराटनगर बरगाछीमा रहेको स्याम पाटी प्यालेसमा मंगलबार अडिसनबाट जना र पहिलो अडिसनबाट ४ जना गरी २० किशोरी छानिएका छन् ।
दोस्रो अडिसनको निर्णक मण्डलहरुमा एक्टिभ मिडीयाकी आभा अनुपमा, मकालु टेलिभिजनका सिइओ दिवश सुवेदी मिस विराटनगरका निर्देशक अमित गुप्ता एमएम प्रा्ड्क्शनकी भिजे रिता कट्टेल रहेका थिए । त्यसैगरी प्रमुख अतिथीमा व्यूटिसीयन चन्द्रकला राई रहनुभएको थियो ।
अंग्रेजी महिनाको नयाँ वर्ष २०१७ को अवसर पारेर आयोजना गरिएको प्रतियोगिता एक्टिभ ईन्टरनेशनल मिडिया प्रालिको आयोजना तथा लक्ष्य ईम्पोरियम विराटनगरको सहकार्यमा हुदैछ ।
दोस्रो अडिसनबाट छनौट भएका किशोरीहलाई आगामी पुस १७ गते अर्थात नया वर्षको उपलक्ष्यमा विराटनगरमा हुने फाइलनमा प्रवेश गराउने मिस विराटनगरका मेनेजिङ्ग डाईरेक्टर कौशलभगतले जानकारी दिए ।
किशोरीहरुलाई टे«निङ्ग अवधीभर व्यक्तित्व विकास, भाषण कला, पहिरान, आउड डोर फोटो सुट गर्नुको साथै प्रतिभा उजार गर्ने मुख्य उद्देस्य रहेको छ । साथै ट्रेनिङ्गको संयोजन एम.एम प्रोडक्शनकी भिजे रिता कटेलले गर्नेभएकी छिन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार नगद प्राप्त गर्नेछन् । यस्तै फस्ट रनरअपले नगद ५१ हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
ट्यालेन्ट राउण्ड अन्र्तगत मोडल भावना खड्काले आफ्नो प्रतिभा देखाउदै ।
तस्वीरः प्रेम देवान