ब्राजिलको एक जेलमा कैदीबन्दी र प्रहरीबीच भएको झडपमा ५६ जनाको मृत्यु

ब्राजिलको एक जेलमा कैदीबन्दी र प्रहरीबीच भएको झडपमा ५६ जनाको मृत्यु

ब्राजिलको एक जेलमा कैदीबन्दी र प्रहरीबीच भएको झडपमा ५६ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी कैदी रहेको जेलमा भएको झडप भएपछि केही कैदी भाग्न समेत सफल भएका छन् ।

ब्राजिलको उत्तरी राज्य अमेजोन्सको मानाउसमा रहेको जेलमा कैदीका समूह र प्रहरीबीच झडप भएको हो । जेलमा १७ घण्टासम्म झडप भएको हो । टाउको काटिएका ६ जनाको शव जेलको पर्खालबाट फालेपछि झडप सुरु भएको हो । कैदीले १२ जना सुरक्षाकर्मीलाई बन्धक बनाएका थिए । तर, १७ घण्टापछि कैदीले आत्मसमर्पण गरेका थिए । चार सय ५४ जनाको क्षमता रहेको जेलमा १२ सय २४ जना कैदी छन् । भागेका मध्ये ४० जनालाई पक्राउ गरिएको सरकारी अधिकारीले बताएका छन् । ब्राजिल विश्वमा धेरै कैदीबन्दी रहेको देशको सूचिमा चौथो स्थानमा छ । ब्राजिलमा ६ लाख भन्दा धेरै कैदीबन्दी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्