होसियार ! ट्वाइलेटमा मोबाइल चलाउदा ज्यान जान सक्छ

होसियार ! ट्वाइलेटमा मोबाइल चलाउदा ज्यान जान सक्छ

एजेन्सी – ट्वाइलेट बस्दा मोबाइल चलाउनु स्वास्थ्यको लागि हानिकारक हुने एक सर्वेक्षणले देखाएको छ । ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यलाई हाािनकारक हु्ने र यस्तो बानीले मृत्यु पनि हुनसक्छ देखाईएको छ । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्वालेट भित्र प्रयोग गर्न नहुने विशेषज्ञले सुझाएका छन् । उनीहरुको अनुसार

जब तपाई ट्वाइलेटमा ‘फ्लस’ गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ, हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ । जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ । त्यसैले पनि दिशा बस्दा बोल्न हुँदैन भनिन्छ। यसको अर्थ बाथरुममा हुँदा मुख खोलेमा किटाणु पस्छ भन्न खोजिएको हो।

ट्वाइलेटमा राखिएको ‘पेपर होल्डर’मा सबैभन्दा बढी किटाणु बसेका हुन्छन् । धेरै जसोले आफ्नो फोन त्यही ‘पेपर होल्डर’मा राख्ने गर्छन् । जसका कारण इ–कोइल, सालमोनेला, सि–डिफिसाइलजस्ता ब्याक्टेरिया फोनमा सल्किन्छ। अनि त्यहि फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं। त्यसैले नै त्यो बानी हटाउनु पर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्