मिस पुर्वेली सुपर मोडलको छैठौं सस्करण हुने, माघ ८ गते देखी अडिसन

<span class='c1'>मिस पुर्वेली सुपर मोडलको छैठौं सस्करण</span> <span class='c2'>हुने, माघ ८ गते देखी अडिसन</span>

प्रेम देवान
विराटनगर २१ पुष । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुन छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ हुने भएको छ ।
ए–वान इन्टरटेनटमेन्टले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी म्याजीक मिस पूर्वेली सुपर मोडल छैठौं सस्करण गर्न लागेको जनाएको हो ।
मिस पूर्वेली सुपर मोडलको छैठौ संस्करणको पहिलो अडिसन माघ ८ गते देखी सुरु भई आगामी फागुन १४ गते विराटनगरमा यो प्रतियोगिताको फाइनल हुने चेयरपर्सन निराजन लुईटेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पुर्वी जिल्ल्लामा रहेका १६ देखि २५ वर्ष उमेर समूहका अविवाहित किशोरीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगिताको बिजेताले स्कुटर , फस्ट रनरअफ र सेकेन्ड रनर अफले स्मार्ट मोबाईल प्राप्त गर्नेछन् । साथै मिस पूर्वेली सुपर मोडल विजेताले मिस नेपालमा स्वत सहभागी हुन पाउनेछन् ।
पूर्वाञ्चलको धरान, इटहरी, दमक र विर्तामोडमा छनौट चरणको अडिसन हुने भएको छ । अडिसनबाट व्यतित्व र उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने किशोरीलाई छनौट गरी फाइनलको लागि छनौट गरिने जनाएको छ । फाइनलमा छनौट भएका प्रतियोगिहरुलाई विराटनगरमा बन्द प्रशिक्षण दिनेछ । प्रशिक्षणमा व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप भिन्न पहिचानको साथ उत्कृष्ट प्रस्तुती सम्बन्धी तालि प्रदान गरिने कोरियोग्राफर सुम्नीमा खापुङ लिम्बुले जानकारी दिइन् । ए–वान इन्टरटेण्डमेन्टले विराटनगरमा २०१२ देखी निरन्तर रुपमा सौर्दय प्रतियोगीता गराउदै आएको छ ।
मिस पूर्वेली सुपर मोडलको सन २०१२ को बिजेता धरानकी आरती दाहाल, सन २०१३ मा विराटनगरकी पन्डिता राई, सन २०१४ मा विराटनगर कै रेष्मा घिमिरे, सन २०१५ सुम्निमा खापुङ र सन २०१६ मा मोनिका लिम्बुले उपाधि हात पारीसकेका छन् ।
यस सौर्दय प्रतियोगिताको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेन छ ।

purbeliaaपत्रकार सम्मेनलमा मिस पुर्वेली सुपर मोडल २०१७ को छैठौं सस्करण हुने बारे जानकारी दिदै आयोजक समुह ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्