बलिउड अभिनेता ओम पुरीको निधन

<span class='c1'>बलिउड अभिनेता ओम</span> <span class='c2'>पुरीको निधन</span>

काठमाडौं- बलिउड अभिनेता ओम पुरीको निधन भएको छ। ६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 'हृदयघातका कारण ओमजीको आज बिहान निधन भयो,' पुरीका नजिकका साथी अशोक पण्डिलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले जनाएको छ।

सन् १९७६ मा मराठी फिल्मबाट करियर सुरु गरेका पुरीले इन्डियन, पाकिस्तानी, ब्रिटिस र हलिउड फिल्महरुमा अभियन गरेका छन्। उनले भारतको पद्मश्री, नेश्नल अवार्डलगायत अवार्ड जितेका छन्।

उनले बलिउडको अर्धसत्य, आक्रोश, जानेभी दो यारो, बभनी भाभी, मिर्च मसाला, धरबीलगायतका हिट फिल्ममा काम गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्