विराटनगरमा पूर्वाञ्चल कलेज प्रिन्सेस हुने

<span class='c1'>विराटनगरमा पूर्वाञ्चल कलेज</span> <span class='c2'>प्रिन्सेस हुने</span>

प्रेम देवान

विराटनगर, २४ पुस । विराटनगरमा एक पछि एक गर्दै फेरी अर्को सौर्दय प्रतियोगीता हुने भएको छ । विराटनगरमा फेरी तेस्रो संस्करणको पूर्वाञ्चल कलेज प्रिन्सेस तथा प्रथम कलेज प्रिन्स हुने भएको हो ।
एडहोम एडभर्टाइजिङ विराटनगरकोे आयोजनामा पुस २९ देखी पहिलो चरणको अडिसन सुरु हुने आईतबार विराटनगरमा पत्रकार सम्मेलनमा एड होमले जानकारी गराएको हो । कलेज स्तरमा अध्ययनरत किशोरीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यलेआयोजना गरीएको निर्देशक तथा कोरियोग्राफर साजिद आलमले जानकारी दिए

प्रतियोगितामा १६ देखी २५ वर्ष उमेर समूहका किशोरीले सहभागि जनाउन पाउने छन् ।
कलेज प्रिन्सेसको बिजेताले स्कुटर प्राप्त गर्नेछन्् भने कलेज प्रिन्सले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक धिपेस धिमालले जानकारी दिए । यस प्रतियोगिता विभिन्न एवाडहरु समेत रहेको छ । कलेज प्रिन्सेसको फाइनल
आगमी फागुन २१ विराटनगरमा हुन्छ भने कलेज प्रिन्सको फागुन अन्तिम साता हुने बताइएको छ ।
एड होमले विगत ३ बर्ष देखी सौर्दय प्रतियोगिता गराउदै आएको छ । यस भन्दा अगाडीको सुजता चौलागाई र केमी राई विजेता भईसकेको अफिसियल ट्रेनर अनुपमा बस्तोलले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्