“यो क्षेत्रमा राम्रो गरिरहनुभएका सबै मेरा प्रेरणाका श्रोत हुनुहुन्छ”- रेश्मा घिमिरे

“यो क्षेत्रमा राम्रो गरिरहनुभएका सबै मेरा प्रेरणाका श्रोत हुनुहुन्छ”- रेश्मा घिमिरे

काठमाण्डौको चाबहिलमा बुवा पुष्पराज घिमिरे र माता लक्ष्मी घिमिरेको कोखबाट जन्म भएको थियो रेश्मा घिमिरेको । उनको जन्म पनि शुभ दिन लक्ष्मी पुजाको दिन रहेको छ । सन् २०१४ मा बिराटनगरमा सम्पन्न मिस पुर्बेली सुपर मोडलको ताज जिते संगै रेश्माको जीवनमा नया परिवर्तन आयो र उनि मोडलिंग क्षेत्रमा प्रवेश गरिन । ब्युटी प्याजेन्ट देखि सुरु भएको उनको यात्रा अहिले नेपाली चलचित्रको नायिका सम्म पुगेको छ । यसै बिषयमा आवर बिराटनगर डट नेटका बिबेक दाहाल संग रेश्माले गरेको कुराकानी :

 

१) मोडलिंङ क्षेत्रमा कसरी प्रवेश भयो ?

मैले सुरुमा सन् २०१४ सालमा मिस पुर्बेली सुपर मोडलमा भाग लिएको थिए , यस प्रतियोगिता जितिसकेपछि मलाई यो क्षेत्रमा अझै धेरै गर्न मन लागेर यस क्षेत्रमा आएकी हु  ।

२)एउटा नर्स भएर मोडलिंग क्षेत्रमा जम्न कत्तिको सजिलो वा गारो छ ?

मलाई दातको डाक्टर बन्न मन लागेको थियो सानै देखि किनभने मलाई अरुको सेवा गर्ने इच्छा थियो । अहिले नर्स बनेर पनि मैले अरुको सेवा गर्ने मौका पाइरहेकी छु । व्यवसायिक रुपमा म एउटा नर्स हो तर पनि मलाई यस कला क्षेत्रमा रुची भएको कारण यस क्षेत्रमा आएकी हु । गार्हो र सजिलो भन्दा पनि सबैको साथ र सहयोग पाएर नै होला यस क्षेत्रमा राम्रो गर्दै गइरहेको छु ।

३)अहिले सम्म कतिवटा ब्युटी प्याजेन्ट तथा फेसन शो हरुमा भाग लिनु भयो ?

मैले २०१४ मा मिस पुर्बेली सुपर मोडलको ताज जिते त्यसपछि मलाई धेरै अफरहरु आएको थियो तर मलाई चित्त नबुझेर कूनै पनि गरिन । मैले बिराटनगर मै सम्पन्न फेसनोभा र क्रिएटिभ नाइट्स जस्ता फेशन शो हरुमा भाग लिएको छु । दुवै शो बाट निक्कै राम्रो प्रतिक्रिया पाएको थिए । मैले भूकम्प आएपछि गायक नवराज बस्नेतसंग मिलेर गित पनि गाएकी थिए  ।

 

४)यो क्षेत्रमा तपाइको प्रेरणाको श्रोत को हुनुहुन्छ ?

मैले एक जनाको नाम लिनु भन्दा पनि , यस क्षेत्रमा राम्रो गरिरहनुभएका सबै जना मेरा प्रेरणाका श्रोत हुनुहुन्छ ।

 

५)तपाइले आफ्नो करियर नर्स क्षेत्रमा देख्नुहुन्छ कि मोडालिंङ/अभिनय क्षेत्रमा ?

हुन त मलाई ७० वर्ष पुग्दा पनि साथ दिने भनेको नर्स पेशाले नै हो , तर मैले यो क्षेत्रमा पाइला टेकीसकेपछी मैले त्यसै छोडेर जान पनि मिलेन र म सक्दिन पनि छोड्न अब । त्यसैले राम्रो अवसर आए म चलचित्र क्षेत्रमा फेरी पनि काम गर्ने छु ।

 

६)मोडालिंङ क्षेत्रलाई अझै पनि खराब नजरले समाजले हेर्ने गर्छ , किन होला ?

हरेक क्षेत्रमा राम्रा र नराम्रा दुवै मानिसहरु हुन्छन । यस क्षेत्रमा सबै राम्रा मान्छे मात्रै छैनन् , नराम्रा पनि होलान तर आफ्नो काममा इमान्दारिताका साथ लाग्ने हो भने यस्तो कुराको चिन्ता लिनु पर्दैन जस्तो लाग्छ मलाई  । अहिले त समाजले यो क्षेत्रलाई हेर्ने नजरमा पनि बिस्तारै परिवर्तन आउदै छ । यो हाम्रो लागि सुखद पक्ष हो ।

 

७)तपाईले मुख्य भूमिका निर्वाह गर्नुभएको चलचित्र "यो साइनो मायाको " चाडै रिलिज हुने तयारीमा छ , कस्तो अपेक्षा राख्नुभएको छ यस चलचित्रबाट ?

मैले अहिले सम्म अभिनयको तालिम केहि लिएको छैन , अचानक नै मैले यो चलचित्र खेलेकी हु । यस चलचित्रका नायक जतिन ताम्राकारले मलाई यस फिल्मको बारेमा भन्नुभएपछी मलाई कथा मन पर्यो र चलचित्र खेले , राम्रो बनेको छ यस चलचित्र  । आशा छ राम्रो गर्ने छ  ।

 

८)तपाईका आगामी योजनाहरु के रहेका छन् यो क्षेत्रमा ?

अहिले म मेरो पढाई साथै नर्सको रुपमा काम गरिरहेकी छु  ।  तत्काल केहि गर्ने विचार नभएपनि यस क्षेत्रमा सकेसम्म राम्रो गर्ने कोशिस गरिरहने छु  ।

reshmaa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्