अमेरिकामा आँधीबेहरीका कारण १६ जनाको मृत्यु

अमेरिकामा आँधीबेहरीका कारण १६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसमसँगैको आँधीबेहरीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ । आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ ।जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् । जर्जियामा १२ जनाको ज्यान गएको छ ।

खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी प्रभावित भएको जर्जियाको दक्षिणी क्षेत्रका सात काउन्टीमा आपदकालिन अवस्था घोषणा गरिएको छ ।

यस्तै मिसिसिपीमा पनि चार जनाको ज्यान गएको छ । फ्लोरिडाको उत्तरी क्षेत्र तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने मौसम विभागले जनाएको छ ।

त्यसक्षेत्रका धेरै घर भत्किएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै राहत उपलब्ध गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्