गायक धर्मेन्द्र र मिलनआमत्यले नचाए

<span class='c1'>गायक धर्मेन्द्र र</span> <span class='c2'>मिलनआमत्यले नचाए</span>

DSC_0859DSC_0862DSC_0848

प्रेम देवान
विराटनगर, २३ माघ । विराटनगरको व्यस्त व्यापारी केन्द्र ट्राफिक चौकमा शनिबार सांझ एउटा छुटै सांगितीक माहोल छाएको थियो ।
ट्रकको गाडी माथि छरितो आकारले आकर्षित रुपमा सजाएको स्टेजमा गायक धर्मेन्द्र सेवान र मिलन आमत्यले जब गीत गांउन थाले पछी विराटनगरका युवा बर्गको हुटिङ्ग र तालिले माहोल तातियो ।
स्काई वर्थले बजार प्रबद्र्धन गर्ने उद्देश्यले देश दौडाहमा हिडने क्रममा विराटनगरमा कलाकार टोली लिएर आएका थिए । गायिका मिलनले बजारमा आउन लागेको आफनो ‘के सम्झे मायाले.... बोलको गीतबाट प्रस्तुती आरम्भ गरिन । उनले ‘गाला रातै गाला रातै गाला रातै..., आसैको गुलेलीले.... लागयतको आधा दर्शन गीत गाएर सडकभरी सहभागी दर्शकलाई प्रयाप्त मनोरञ्जन प्रदान गरिन् ।
उनले यसरी गीत प्रस्तुत गरि रहदा कार्यक्रम स्थलमा सहभागी यूवाले वान्स मोर भन्दै हुटिङ्ग गरे । कार्यक्रमको अन्त्यमा गायिका मिलनले लोकप्रिय गीत गाउँदै आफनो स्रोताको मन शान्त पार्न भ्याइन ।
कार्यक्रमको अन्त्यमा स्टेजमा देखा परेका गायक धमेन्द्रले पनि आफनो चर्चित गीत प्रस्तुत गरि युवालाई सडक मै नचाए । ‘रेसम फिलिलि, रेसम फिलिलि उडेर जाऊ कि भारेर जौकी रेसम फिलिलि ... ’ बोलको गीतबाट सहभागिहरुलाई नचाउन थालेका सेवाङ्गले आफ्नो पप गीत पछि ‘हेर्दा राम्रो माछि पुच्र्छे.... गाएर सहभागि भएका यूवालाई प्रयाप्त मनोरञ्जन दिलाए । कार्यक्रमलाई रेडियो कान्तिपुरका होस्टहरुले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्