बिराटनगर फाल्गुन ७, बिराटनगरमा जारी मिस पुर्वेली सुपर मोडलको यस वर्षको बिजेताको ताज शुक्रबार भव्य कार्यक्रमबिच सार्वजनिक गरिएको छ । बिराटनगरमा ७५ वर्षअघि देखि सेवा दिदै आएको महालक्ष्मी ज्वेलर्सले यस वर्ष २३ तोलाको चाँदीको ताज प्रायोजन गरेको छ । नेपाल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा युवा उद्यमी तथा युवा संघका पर्शुराम बस्नेतको सभापतित्वमा भएको थियो । कार्यक्रममा नायक जीवन लुइँटेल लगायत एसियन म्युजिकका निर्देशक इश्वर गुरुङ , म्युजिक भिडियो निर्देशक बिभोर पोखरेल , मोडल सम्पदा बानियाँ , गायक जितेन लेप्चा , मिलन संकर लगायतका कलाकारको उपस्थिति रहेको थियो । संयुक्तरूपमा सम्पुर्ण अतिथिहरुले उक्त ताज सार्वजनिक गरेका थिए । यस वर्षको कार्यक्रम बिगत भन्दा भव्य बनाउने एवान इन्टरटेन्मेन्टका निर्देशक निराजन लुइँटेलले बताए ।