कुन हिसाब लगाऊ म यो जिन्दगीको
२ र २ जोडेर ४ हुन्न यहाँ |
के अर्थ खोजौ म यो बाटोको
कसैको दुखले, कसैको मन छुन्न यहाँ ||
केवल दौड भा छ जिन्दगि
मात्र हिडेर पुगिदैन यहाँ |
कुद्नु पर्छ रे, नकुदी समय को साथ पाइदैन जहाँ ||
केवल उठ्ने प्रयास गर्दैछु, छेउमा अरु दौडिरहेका छन् |
गन्तब्य के भनि सोध्दा, कुम्ल्याउने उदेश्य छ सके सम्म धन ||
सुन्दा, देख्दा यी कुरा, म त आत्तिन्छु झन् |
पैसा सायद सक्दिन होला, समय खर्चिदैछु खन खन ||
आत्तियको मनले, के चाही पो सोच्न सक्छु र |
खुसि छाडी धन कमाऊ भने, मरेछि कति नै पो लग्छु र |
बिकल्प एउटा निस्कियो |
मनका सिधान्त सबै बिच्कियो ||
अब खेल्ने छु खेल म जिन्दगिको,
रमाउन सायद बिर्सन्छु होला |
मुहारमा हासो नभए नि,
भिर्नेछु सायद धनैको झोला ||
एकदिन आउनेछ, मरेका सिद्धान्त संग फेरि बाच्नेछु |
धनका पोका छाडी, खुसीको बाटो फेरि साच्ने छु ||
पर्ख है मलाई ! मेरो कुदाईले माया नमार्नु |
टाढिए भन्दैमा ती कोमल सच्चा मन अन्तै नसार्नु ||
बिबेक पौडेल
बिराटनगर, नेपाल
(हाल अस्ट्रेलिया )