धर्मपुत्रीकाे मृत्यु भएपछि धरानमा तनाव

धर्मपुत्रीकाे मृत्यु भएपछि धरानमा तनाव

धर्मपुत्रीकाे रूपमा पालिएकाे एक बालिकाकाे हत्या भएकाे भन्दै स्थानीयले विराेध प्रदर्शन गर्दा धरानमा मंगलबार मध्यरात सम्म तनाव भएकाे छ । धरान १६ स्थित जाेरसखुवा नजिकै बलिमान राइ र पदमकुमारी राइले धर्मपुत्री बनाएर राखेकाे १३ वर्षिय बालिका अनुषा राइले विषादी सेवन गरेर अात्महत्या गरेकाे खबर बाहिरिएपछि स्थानीयले बालिकाले अात्महत्या नगरेकाे र उनकाे हत्या भएकाे दाबी गर्दै विराेध सुरु गरेका थिए । बालिकालाइ दिनहु यातना दिएर राखिएकाे अाराेप स्थानीयले लगाएकाे अाजकाे ब्लाष्ट दैनिकले समाचार लेखेकाे छ ।

स्थानीयकाे भिडले मंगलबार साँझ बलिमानकाे घरमा ताेडफाेड समेत गरेका थिए । प्रहरीले उक्त भिड नियन्त्रण गर्न खाेज्दा स्थानियसँग मध्यरात सम्म झडप भएकाे थियाे । त्यसक्रममा प्रहरीले दर्जनभन्दा बढि अश्रुग्याँस प्रहार गरेकाे थियाे । झडपमा परि प्रहरी सहित दर्जनाैं व्यक्तिहरू सामान्य घाइते भएका छन् । बलिमान दम्पत्तीलाइ हत्याकाे अाराेपी बताउदै स्थानीयले उनीहरूलाइ कारबाहि हुनु पर्ने माग सहित विराेध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्