एउटै विवाहमा बेहुला र बेहुली दुबै पक्षबाट सरकारी गाडीकाे दुरूपयाेग

एउटै विवाहमा बेहुला र बेहुली दुबै पक्षबाट सरकारी गाडीकाे दुरूपयाेग

उर्लावारीमा अायाेजित एक विवाहका लागि बेहुला र बेहुली दुबै पक्षबाट सरकारी गाडीकाे दुरूपयाेग गरेकाे खबर सार्वजनिक भएकाे छ । उर्लावारी स्थित सगरमाथा सहकारीको पार्टि प्यालेसमा आयोजित विवाहमा सेमन्तराज न्यौपानेको जन्ति बोक्न राजश्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रिय इकाई कार्यालय इटहरीको को १ झ ४९६ सेतो रङ्गको रातो बत्ति जडित स्कोर्पियो दुरूपयोग गरिएको थियो। यस्तै सोही विवाहमा सरिक हुन अाएकाे बेहुली पक्षले सुनसरी-मोरङ सिचाई आयोजना बिराटनगरबाट को १ झ १४४ नम्बरको सेतो रङ्गको सरकारी गाडी चढेका थिए । उर्लावारी चोकमा नौमती बाजाका साथ सरकारी गाडिको लावालस्कर देखिएपछि सञ्चारकर्मीहरुले दुरुपयोग गरिएको गाडिको तस्विर खिच्न भ्याएका थिए। तस्विर लिएको थाहा पाएपछि बिवाहमा सहभागी हुन आएकाहरुले गाडिलाई अन्यत्रै लगेकाे समाचार अाजकाे उद्घाेष राष्ट्रिय दैनिकमा समाचार अाएकाे छ । । गाडीकाे दुरूपयाेग गर्ने कर्मचारीकाे नाम र तह भने खुल्न हुन सकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्