गाँजा बाेक्ने एम्बुलेन्स, एक सहित २ सय १० केजि गाँजा बरामद

<span class='c1'>गाँजा बाेक्ने एम्बुलेन्स, एक सहित २</span> <span class='c2'>सय १० केजि गाँजा बरामद</span>

बिरामी बाेक्ने एम्बुलेन्समा गाँजा तस्करी गर्ने एक सहित ठुलाे परिमाणमा गाँजा सुनसरी प्रहरीले बरामद गरेकाे छ । महेन्द्र राजमार्ग अन्तर्गत दरिपुर ९ कोशिब्यारेज क्षेत्रमा प्रहरीको संयुक्त चेकिङका क्रममा गाँजा तस्करीका लागि प्रयोग गरिएको को १ च ५५०५ नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो। तयारी अवस्थाकाे २ सय १० केजि गाँजासहित एम्बुलेन्समा सवार बोलश्याम मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको खबर उद्घाेष राष्ट्रिय दैनिकमा प्रकाशित छ । फरार एम्बुलेन्स चालककाे खोजि भइरहेको प्रहरीले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेको एम्बुलेन्स थाक्थाकु मावोहाङ चेम्जोङ वंश उत्थान संघको नाममा रहेको खुल्न अाएकाे छ। एम्बुलेन्स बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा रहेर संचालन हुदै आएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्