विराटनगरमा वाङ्मय तथा कविता महाेत्सव सुरू

विराटनगरमा वाङ्मय तथा कविता महाेत्सव सुरू

विराटनगरमा बिहिबारबाट पुर्वाञ्चलस्तरिय वागंमय गाेष्ठी तथा कविता महाेत्सव सुरू भएकाे छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानकाे हिरक जयन्तीकाे अवसरमा उक्त कार्यक्रम विराटनगरकाे अाराेहण गुरूकुलमा सुरू भएकाे हाे ।

कार्यक्रममा रामजीप्रसाद तिमल्सिनाले ‘समालाेचना’ र साेमप्रसाद खतिवडाले ‘संस्कृति’ र अन्यले उपन्यास, मातृभाषा लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेकाे जनविद्राेह दैनिकले समाचार लेखेकाे छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज काेइला, भाषाविद् बालकृष्ण पाेखरेल, पाज्ञ दधिराज सुबेदी, खेम नेपालीलगायतले बाेल्नु भएकाे थियाे । शुक्रबार विराटनगरमा प्रज्ञा प्रतिष्ठानले कविता महाेत्सव अायाेजना गर्ने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्