मिस पुर्वेली सुपर मोडलको छैठौं सस्करणको ग्राण्ड फिनाले आज

मिस पुर्वेली सुपर मोडलको छैठौं सस्करणको ग्राण्ड फिनाले आज

प्रेम देवान
विराटनगर १९ फागनु । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ को ग्राण्ड फिनाले आज ( शुक्रबार) हुदै छ ।

ए–वान इन्टरटेनटमेन्टले विगत ६ वर्ष देखी विराटनगरमा मिस पुर्वेली सुपर मोडल नामक सौर्दय पतियोगिता गर्दै आएको छ ।
किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजना गरिएको सौन्दर्य प्रतियोगीतको आज शुक्रबार विराटनगको विरेन्द्र सभागृहमा हुने चेयरपर्सन निराजन लुईटेलले जनाकारी दिए ।
पुर्वी जिल्ल्लामा रहेका १६ देखि २५ वर्ष उमेर समूहका अविवाहित १४ जना किशोरीहरुले आज प्रतिस्प्रधा गर्दै छन् । निर्णक मण्डलहरुको प्रस्नको उत्तरको आधारमा उनीहरु विजेता बन्ने जनाईएको छ ।
१४ जना स्प्रधीहरु मध्ये एक जना विजेताले स्कुटर , फस्ट रनरअप र सेकेन्ड रनर अपले स्मार्ट मोबाईल प्राप्त गर्ने जनाईएको छ । साथै मिस पूर्वेली सुपर मोडल विजेताले मिस नेपालमा स्वत सहभागी हुन पाउनेछन् ।

करिव एक महिनाको प्रशिक्षणमा व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप भिन्न पहिचानको साथ उत्कृष्ट प्रस्तुती सम्बन्धी तालिम प्रदान गरिएको कोरियोग्राफर सुम्नीमा खापुङ लिम्बुले जानकारी दिइन् ।

मिस पूर्वेली सुपर मोडलको सन २०१२ को बिजेता धरानकी आरती दाहाल, सन २०१३ मा विराटनगरकी पन्डिता राई, सन २०१४ मा विराटनगर कै रेष्मा घिमिरे, सन २०१५ सुम्निमा खापुङ र सन २०१६ मा मोनिका लिम्बुले उपाधि हात पारीसकेका छन् । आज विजेताले ३२ तोलको बराबरको क्राउन पाउने छन् । आज (शुक्रबार) को फाईल राउण्डमा नायिका रिमा विश्वकर्मा, उत्तम कोईराला, सुव्रत आर्चय, विनय श्रेष्ठ निर्णयक मण्डलमा रहने जनाईएको छ । कार्यत्रमको होस्टीङ्ग कान्तिपुर टेलिभीजनका भिजे रोसन लामाले गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्