अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन

अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन

विराटनगर २४, फागुन

लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन गर्ने जनाएको छ।
प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गर्दै आएको रोड रन कार्यक्रम यस वर्ष पनि गर्ने लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष अनुपमा बस्तोलाले जानकारी दिनुभयो । अध्यक्ष बास्तोलाले रोड रन कार्यक्रम आगामी फागनु २५ गते जिल्ला प्रशासन कार्यलय स्थित बिहान ७ बजे गर्ने बताउनुभयो । साथै रोड रन गोल्छा चोक देखी , जलजला चोक, हस्पिटल  चोक हुदै पुन प्रशासन कार्यलय पुगी समापन गर्ने जनाएको छ । विशेष गरी स्कुल, कलेजमा अध्ययनरत विद्यार्थी तथा विवाहित, अविवाहित जो सुकै महिलाले पनि सहभागीता जनाउन सकिने बताईएको छ । बिराटनगर अस्पताल तथा बिराट मेडिकल कलेज मुख्य प्रायोजक गरेको  छ भने आमाज बेकरी ले सहप्रायोजक गरेको छ ।लेडी रनमा प्रथम हुने व्याक्तीले ७हजार सयको साथमा ट्रफी तथा  दोस्रो हुनेलाई ५ हजार साथमा ट्रफी र तृतिय हुनेलाई ३हजार  सय साथमा ट्रफी । प्रतियोगिले भाग लिनका लागी १ सय रजीस्टसन् शुल्क लाग्ने र प्रत्येक प्रतियोगीलाई टि सर्ट उपलब्ध गराईने छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्