पानी पिएर १० दिनमा ५ केजी तौल घट्न सक्छ, यस्तो त तरिका !!

पानी पिएर १० दिनमा ५ केजी तौल घट्न सक्छ, यस्तो त तरिका !!

एजेन्सी । पानीको प्रयोग गरेर प्राकृतिक उपचार मार्फत तौल घटाउनका लागि नयाँ तरिका अपनाउन सकिन्छ । निश्चित मात्रामा पानी पिएर हामी आफ्नो तौल घटाउन सक्छौं ।

ब्रिटेनको कल्याण विशेषज्ञ र फिटनेस कोच शाउना वाकरले पनि पानी चिकित्साको प्रयोगको अनुभव लिएकी छन् । उनले पानी चिकित्साको प्रयोग गरे मानिसले १० दिनमा ४ देखि ६ किलोसम्म तौल घटाउन सक्ने दावी गरिन् ।

कुनै मानिसको खाने पिउने समय र तरिकाले परिणाम केही तलमाथि भने हुन सक्ने उनले बताएकी छन् ।

पानीको प्रयोगले रस प्रक्रियालाई सुधारेर तौल घटाउँछ

विशेषज्ञका अनुसार शरीरलाई प्रयाप्त मात्रामा पानी मिल्यो भने शरीरले आफ्नो सबै प्रक्रिया सरल तरिकाले गर्न सक्छ । बजर शरीरले सबै प्रक्रिया पूरा गर्न सक्छ तब रस प्रक्रिया (मेटावलिज्म) राम्रो हुन्छ । जसले शरीरको तौल घट्छ ।

धेरै पानी पिएमा क्यालोरी उत्पादन क्षमता बढ्छ । पानी पिएको १० मिनट भित्रै असर देखाउन सुरु गर्छ । यसको असर २४ देखि ३० प्रतिशतसम्म बढ्न सक्छ । यो तरिकाले जति पानी पिउन सक्यो क्यालोरी उत्पादन गर्ने क्षमता पनि त्यतिकै मात्रामा बढ्ने गर्छ ।

पानी पिउने तरिकाः

विहान उठ्ने वित्तिकै पानी पिउनुहोस्, जसले तौल घटाउन मदत मिल्नेछ । दिमागलाई पनि इनर्जी मिल्छ ।
नास्ता खानुभन्दा पहिले र पछि एक÷एक गिलास पानी पिउनुहोस् ।

चिया वा कफी पिएको १० देखि १५ मिनेटपछि एक गिलास पानी पिउनुहोस् । यसले शरीरमा रहेका एसिड कम गर्छ भने तौल पनि घट्छ ।
खाना खानुभन्दा पहिले एक गिलास पानी पिउनुहोस् । यसले खाना कम खाइन्छ भने तौल बढ्न दिँदैन ।

सुन्तुभन्दा आधा घण्टा पहिले पानी पिउनुहोस्, ताकि राती भोक नलागोस् ।

दिनमा एकै पटक धेरै पानी पिउनुभन्दा पटक पटक गरी ९ देखि १० पटकसम्म पानी पिउनुहोस् । जसले गर्दा शरीरमा पानी अभाव हुँदैन भने तौल घटाउनमा मदत मिल्ने छ ।

पानी पाइने फलफूल खानुहोस् । यसले पनि तौल घटाउन मदत गर्छ । जस्तै, सुन्तला, गाजर, केरा, स्याउ, अंगुर आदी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्