मेवा मुटु रोगीका लागि एकदमै लाभदायक

मेवा मुटु रोगीका लागि एकदमै लाभदायक

मेवामा फाइबर, भिटामिन र एन्टी-आक्सीडेन्टको प्रचुर मात्रा रहेको हुन्छ, जसले रक्त-शिरामा कोलेस्ट्रोल बन्न दिदैँन । कोलेस्ट्रोलले मुटुको  गति बढ्ने, उच्च रक्तचाप देखि लिएर मुटु रोगको कारण बन्न सक्छ । जुन व्यक्तिलाई वजन कम गर्नु छ, उनीहरुलाई आहारमा मेवा प्रयोग गर्न अति आवश्यक रहन्छ, किनकि यसमा क्यालोरी निकै कम हन्छ । मेवामा रहेको फाइबरले ताजा र जाँगरिलो महसूस गराउनुको साथै पाचन प्रणालीको मुभमेन्ट पनि ठिक राख्छ, जसको फलस्वरूप वजन घट्न सहज हुन्छ ।

तपाईको प्रतिरक्षा प्रणालीले रोग लाग्ने संक्रमणको विरुद्ध पर्खालको काम गर्दछ । केवल एक मेवामा पर्याप्त भिटामिन सी हन्छ जुन तपाईको प्रतिदिन भिटामिन “सी” को आवश्यकता २०० प्रतिशत हुन्छ । यसले तपाईको प्रतिरक्षा प्रणालीलाई मजबूत गराउँछ ।

गठिया वास्तवमा एक यस्तो रोग हो जसले शरीरलाई निकै कमजोर बनाई जीवनशैलीलाई पनि प्रभावित पार्दछ । मेवा खानु हड्डीको लागि पनि लाभदायी हुने गर्छ । एक अध्ययनका अनुसार भिटामिन “सी” युक्त आहार सेवन नगर्दा गठियाको खतरा भिटामिन “सी” को सेवन गर्नेहरू मध्य तीन गुणा धेरै हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्