क्रिकेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिद्धू पञ्जाबको मन्त्री

क्रिकेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिद्धू पञ्जाबको मन्त्री

काठमाडौं ३ चैत। क्रिकेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिद्धू पञ्जाबको मन्त्री बनेका छन् ।

अमरिन्दर सिंह पञ्जावको मुख्यमन्त्री चयन भएका छन् । उनको क्याविनेटमा सिद्धू पनि छन् । तर, उनलाई उप-मुख्यमन्त्रीको जिम्मेवारी नदिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फेब्रुअरी ४ को विधानसभा चुनावको केही दिनअघि मात्र सिद्धू कांग्रेसमा प्रवेश गरेका थिए । उनले अमृतसर पूर्व विधानसभामा ४२ हजार मतका साथ जित पनि हात पारे ।सिद्धू यसअघि अमृतसरबाटै भारतीय जनता पार्टीका तर्फबाट सांसद सदस्य निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्