छाेराछाेरीसँगै गित गाएर सहयाेग संकलन गर्दै क्यान्सर पिडित गायक

<span class='c1'>छाेराछाेरीसँगै गित गाएर सहयाेग संकलन</span> <span class='c2'>गर्दै क्यान्सर पिडित गायक</span>

प्रेम देवान

विराटनगर ३ चैत्र । कुनै बेलाको चर्चित गित ‘जीवन हाम्रो संग्लो पानी हो’ का गायक विनोद गुरुङ यतीबेला ठूलो आर्थिक संकटमा छन् । आफ्नो जीवन संगितमा समर्पण गरेका गायक गुरुङ श्रीमतीको उपचार खर्च जुटाउन नसकेर संकटमा परेका छन् । आर्थिक अभावका कारण जीवन संगिनिको उपचार खर्च जुटाउन गायक गुरुङ यति बेला विराटनगरको चोक र स्कुल कलेजमा आर्थिक संकलन गरिरहेका छन ।

विगत एक महिना देखी विराटनगरको स्कुल कलेजमा आफनो गित गाउदै गीतको सिडी बेच्दै उनी श्रीमती रिताको उपचारकालागि खर्च जुटाईरहेका छन् ।

विहिबारमात्र विराटनगरको सास्थम कलेजमा गीत गाएर उनलाई कलेज, शिक्षक, विद्यार्थी मिलेर जम्मा २७ हजार दुई सय ७५ रुपैया संकलन गरि पिडीत गायकलाई हस्तान्तण गरिएको कलेजका प्रशासन प्रमुख राजेस गुरुङ्गले जानकारी दिनुभयो ।

गायक गुरुङ्ग यो बेला सबै नेपालीहरुले सहयोग गर्नु पर्ने बताउनुभयो । दुःखको बेला सबैले हातेमालो गरेर गायकलाई सहयोग गरी क्यान्सबाट पिडीत भएकी श्रीमतीको उपाचारको लागी थोरै भए पनि राहत मिल्ने उहाले बताउनुभयो ।

श्रीमतीको उपचारकालागि रकम जुटाउनु गुरुङले विराटनगरका दुई दर्जन भन्दा बढी शिक्षण संस्थामा समेत पुगेर आर्थिक संकलन जुटाईरहेका छन् ।

गायक गुरुङ्गलाई अहिले उनका छोरा र छोरी पनि गीत गाएर सहयोग गरिरहेका छन् ।

फोटो फिचर

[caption id="attachment_30047" align="aligncenter" width="640"]छालाको क्यान्सरबाट पिडीत भएकी श्रीमतीको उपचारको लागी विराटनगरको सास्थाम कलेजमा विहीबार गित गाएर आर्थिक संकलन गर्दै गायक विनोद गुरुङ्ग र उनका १३ बर्षिय छोरा विवेक गुरुङ्ग र १८ वर्षिया शिवानी गुरुङ्ग । छालाको क्यान्सरबाट पिडीत भएकी श्रीमतीको उपचारको लागी विराटनगरको सास्थाम कलेजमा विहीबार गित गाएर आर्थिक संकलन गर्दै गायक विनोद गुरुङ्ग र उनका १३ बर्षिय छोरा विवेक गुरुङ्ग र १८ वर्षिया शिवानी गुरुङ्ग ।[/caption]

तस्वीर: प्रेम देवान आवर विराटनगर नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्