अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प छन् खानाका साैखिन

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प छन्  खानाका साैखिन

एजेन्सी न्युयोर्क ।

अमेरिकाकाे ४५ अाैं राष्ट्रपति डोनाल्ड ट्रम्प खानामा साैखिन छन् । सामान्यभन्दा सामान्य खाना पनि उनी स्वादसँग खान्छन् । तर उनल जिन्दगीमा रक्सी र चुरोट अहिलेसम्म नखाएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

उनका ठूला दाजू फ्रेड जड्याँहा थिए तर, डोनाल्डलाई भने नपिउन सल्लाह दिन्थे । फ्रेड अत्याधिक मादक पदार्थ पिउन (जड्याँहा) भएकाले मदिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन गरेनन्।

जीवनभर र मादक पदार्थमा हात पनि नलगाएका  ट्रम्पले सन् २००६ मा आफ्नै कम्पनीमार्फत् ‘भोड्का’ उत्पादन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्