जतिन र रेष्माको मायाले धरानका दर्शककाे मन जित्याे

<span class='c1'>जतिन र रेष्माको मायाले</span> <span class='c2'>धरानका दर्शककाे मन जित्याे</span>

प्रेम देवान
विराटनगर ७ चैत्र । धरानमा सोमबार जतिन ताम्राकार र रेष्मा घिमिरे विचको माया प्रेम दर्शकले हेरेका छन् ।
धरानको गणेस टाकिज हलमा धरानबासीले सोमबारदेखी लागेको यो माया प्रेममा आधारीत चलचित्र “यो साईनो मायाको” मा खुलेर प्रसंसा गरेका छन् ।
सिंगल थिएटरका दर्शकहरु देखि दर्शकहरुले अधिकतम प्रशंसा समेत हासिल गरीसकेको छ फिल्मले । चलचित्र हेरिसकेपछि दर्शकहरुले चलचित्रले निकै राम्रो कथा प्रस्तुत गरेको बताएका छन् । अधिकांस युवावर्गले खुलेर नै प्रशसा गरेका छन् । चलचित्रकाे कथा र अन्तिम दृष्यले अाफ्नाे मन छाेएकाे धरान १८ की सांकेन राईले बताईन ।
चलचित्रले आफुहरुलाई धेरै नै मनोरंजन प्रदान गरेको कुरा समेत अधिकांश दर्शकहरुले बताएका छन् ।
चलचित्र प्रेमकथाका रुपमा प्रस्तुत गरिएको र गीत संगीत पनि राम्रै रहेको तारेभिर फिल्मका निर्देशक तथा कलाकार प्रेम सुब्बाले आवर विराटनगरलाई बताए ।
यस्तै चलचित्रको प्रस्तुति पनि निकै राम्रो रहेको र कलाकारहरुको अभिनयले पनि राम्रो रहेको तारे फिल्मकी नायिका रेखा फागोले बताईन् । नायिका रेष्मा घिमीरेको अभिनय पनि राम्रो रहेको र आगामी दिनमा पनि राम्रो गर्दै अगाडी बढ्न शुभकामना दिईन् ।
राम कुमार श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र “यो साईनो मायाको” मा जतिन ताम्राकार , रेश्मा घिमिरे , नवनित राज प्रधान , किशोर भण्डारी , सुनिता श्रेष्ठ , राजु भुजेल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
मन्जिना मुभिज क्रियसनको प्रस्तुति रहेको चलचित्रमा बाबुराम नेपालीको छायांकन र कुन्दन थापा र विकेश के शंकरको संगीत समावेश रहेको छ । यस्तै चलचित्रको गीतहरुमा शिव परियार , मनिषा पोखरेल , कोशिश क्षत्री र मेलिना राईले आफ्नो स्वर दिएका छन् । चलचित्रको लेखन तथा निर्देशन अरुण कुमार प्रधानले गरेका हुन् ।

yo saino mayako in dharan 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्