डाक्टर गुलाटी उर्फ सुनिलले लेखे भावुक ट्विट, कपिलले मागे माफी

<span class='c1'>डाक्टर गुलाटी उर्फ सुनिलले लेखे</span> <span class='c2'>भावुक ट्विट, कपिलले मागे माफी</span>

केहि दिनयता भारतिय मिडियाकाे चर्चामा रहेकाे कपिल-सुनिल विवाद शान्त हुने बाटाेमा पुगेकाे देखिन्छ । चर्चित भारतिय टेलिभिजन शाे ‘द कपिल शर्मा शाे’ का संचालक कपिल शर्माले डाक्टर मशहुर गुलाटी नामले चिनिएका कलाकार सुनिल ग्राेवरलाइ गालि गलाैज सहित हातपात गरेकाे घटना पछि मिडियामा याे विषयमा गर्मागर्मी सुरू भएकाे थियाे ।

सामाजिक संजालमा कपिल शर्माकाे बद्नामी सुरू हुन थाले पछि कपिलले माफि माग्दै ट्विट गरेका थिए । उनले 'यदि नजानेर मैले तपाइकाे चित्त दुखाएकाे भए मलाइ माफ गरिदिनुहाेस् ।' लेखेका थिए ।

[caption id="attachment_30312" align="aligncenter" width="583"] कपिल शर्माकाे ट्विट[/caption]

यसपछि सुनिल ग्राेवरले पनि भावुक तर चाेटिलाे ट्विट गरेका थिए । 'जनावरहरू जस्तै मान्छेलाइ पनि माया दिनुहाेस् ।' भन्दै उनले लेखेका छन् 'धन्यवाद तपाइले त्याे तपाइकाे शाे हाे र अाफुले चाहेकाे जसलाइ पनि निकाल्न सक्छु भन्ने बुझाइदिनु भयाे' । उनकाे ट्विट पछि कपिलले उनलाइ मनाउदै रिप्लाइ गरेका छन् 'मेराे मन जित्नु भयाे । तपाइलाइ म अझै धेरै माया गर्छु । अागामी दिनहरूमा काम गर्न मजा हुनेछ ।'

[caption id="attachment_30319" align="aligncenter" width="629"]kapil vs sunil grover सुनिल ग्राेवरले लेखेकाे ट्विट र त्यसमा कपिलकाे रिप्लाइ[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्