भारतकाे चर्चित कमेडि शो 'द कपिल शर्मा' बाट पूर्व क्रिकेटर तथा पञ्जावका भर्खरै निर्वाचित मन्त्री नवजोत सिंह सिद्धूले पनि बिदा लिने भएका छन् । सुनिल ग्राेवर, चन्दन, अलि अस्गर लगायतका कलाकारहरूले शाे छाड्ने निर्णय लगतै सिद्धुले पनि शाे छाड्ने कुराले कपिल शर्मालाइ अप्ठ्याराेमा पारेकाे छ ।
मन्त्रीकाे पदभार ग्रहण गरिसके पछि पनि शाे मा काम गरिरहने भन्ने निर्णयले पञ्जावमा बिवाद निम्त्याएकाे थियाे । तर सुरूवातमा सिद्दुले अाफ्नाे घर यहि शाे का कारण चलिरहेकाे र यसलाइ निरन्तरता दिन नपाए अरूले जस्तै अाफुले पनि भ्रष्टाचार गर्नु पर्ने धारणाा राखेका थिए । तर पञ्जाबका महान्यायाधिवक्ताले बिहीबार उनले अन्यन्त्र काम गर्नु असंवैधानिक भएको अभिव्यक्ति दिएका थिए।
केहि दिन अघि मात्र सुनिल ग्राेवर र कपिल शर्मा विच भएकाे विवादले गर्दा कपिल शर्माले अघिल्लाे शाे सिद्दु , किकु शारडासँग मात्र सुटिङ गरेका थिए ।
एजेन्सीकाे सहयाेगमा