ट्रम्प राष्ट्रपतिबाट हट्नसक्ने संभावना

ट्रम्प राष्ट्रपतिबाट हट्नसक्ने संभावना

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रसियालीसँगको सम्बन्धका कारण राष्ट्रपति पदबाट हट्न सक्ने सम्भावना बढेको छ । नेशनल सेक्युरिटी एजेन्सीका अनुसार उनी विरुद्ध रसियाली समर्थन गरेका भन्ने मुद्दा चलेकोले उनी राष्ट्रपति पदबाट हट्नसक्ने सम्भावना बढेको हो । उनलाई राष्ट्रपति निर्वाचनको समयमा रसियासँग मिलेको भन्ने आरोप समेत लागेको छ ।
नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख जोन शिडंलरका अनुसार उनको यस गतिविधीमा अनुसन्धान जारी रहेको छ । उनका अनुसार राष्ट्रपति ट्रम्पका सहयोगीहरूले मात्रै नभई उनले आफैँ मुद्धाको सामना गर्नुपर्ने छ । जसले उनलाई सडकमा ल्याउन सक्नेछ ।
उनले आफ्नो चुनावी प्रचार प्रसारका क्रममा संलग्न समूहहरू र त्यस समयमा रुससँगको सम्बन्धबारे लुकाउन चाहेको तथ्यको अनुसन्धान सुरु भइसकेको छ ।
उनको चुनावी प्रचार प्रसारको क्रममा म्यानेजरका रुपमा काम गरेका उनको सहयोगी पर्ल म्यानपोर्ट यस मुद्धाका प्रमुख आरोपी रहेको हुन् । उनी यस भन्दा पहिले नै रसियाली राष्ट्रपतिसँग संलग्न भएर काम गरिसकेका समेत खुलेको छ ।
नेशनल सेक्युरिटी एजेन्सीले उनीसँग केन्द्रित भएर अनुसन्धान गरिरहेको छ । अमेरिकी गुप्तचर निकायले उनीसँग केन्द्रित भएर अनुसन्धान गरेको छ । ट्रम्प प्रशासन भने उनको बचाउका लागि लागिपरेको तथ्य सार्वजनिक भएको छ । -नागरिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्