सुनिलले भने “म शोमा फर्किने कुरा झुटो हो”

<span class='c1'>सुनिलले भने “म शोमा</span> <span class='c2'>फर्किने कुरा झुटो हो”</span>

'द कपिल शर्मा शो'का डा. मशहुर गुलाटी अर्थात सुनिल ग्रोभरले कपिलको शओमा फर्किन लागेको खबरमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। एक चर्चित समाचार साइटमा प्रकाशित खबरका अनुसार सुनिलले कपिलको शोमा फर्किने समाचारको खन्डन गरेका हुन्।

'सबै झुठो हो' उनले भने। तर सो क्रममा उनले कपिलमाथि कुनै पनि टिप्पणी गर्न अस्विकार गरे।

त्यस्तै सुनिलले अन्य कुनै शोमा अनुबन्धित पनि नभएको बताएका छन्।

'म हाल स्टेज शोमा केन्द्रित छु, अरूमा केहीमा छैन्। मेरो कुनै दोस्रो च्यानलसँग पनि कुनै कुराकानी चलेको छैन्', हालै असममा भएको एक कार्यक्रममा आफ्नो प्रस्तुति दिएका सुनिलले भने,' दर्शकहरूको प्रतिक्रियाले म उत्साहित छु, प्रत्यक्ष प्रस्तुति गर्नुको खुशी बेग्लै हुन्छ।'

सोमबार एक समाचार संस्थाले सुनिल कपिलको शोमा फर्किन लागेको समाचार प्रकाशित गरेको थियो जसमा सुनिलसहितका सबै कलाकार फर्किन पनि उल्लेख थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्