भारतको उत्तर प्रदेशमा ‘एन्टि रोमियो दल’ , युवती जिस्काएर दुर्व्यवहार गर्नेलाई कारवाही गर्ने

भारतको उत्तर प्रदेशमा ‘एन्टि रोमियो दल’ , युवती जिस्काएर दुर्व्यवहार गर्नेलाई कारवाही गर्ने

भारतको उत्तर प्रदेशमा युवती जिस्काएर दुर्व्यवहार गर्ने, एकोहोरोे जबर्जस्ती प्रेम प्रस्ताव राख्ने र विवाह गर्न धम्क्याउने व्यक्तिलाई तह लगाउन प्रहरीले विशेष अभियान चलाएको छ ।

उत्तर प्रदेशका नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक स्थानमा युवतीको सुरक्षा गर्न उत्तर प्रदेश प्रहरी प्रमुख जावेद अहमदलाई निर्देशन दिएपछि प्रहरीले गत बुधबारबाट ‘एन्टि रोमियो दल’ अभियान चलाएको हो ।

अभियान प्रभावकारी भएको उल्लेख गर्दै दिल्लीका भारतीय जनता पार्टीका सांसद प्रभेषसहिब सिंहले शनिबार नयाँदिल्लीमा पनि विशेष ‘एन्टि रोमियो दल’ अभियान सन्चालन गर्ने भन्दै पार्टीको महिला कार्यकर्तालाई सहयोग गर्न ट्वीटरमार्फत् आग्रह गरेका छन् ।

मुख्यमन्त्री आदित्यनाथको ‘एन्टि रोमियो दल’ अभियानलाई सिंहलेसमेत सर्मथन गरेका हुन् ।

प्रहरीले उत्तरप्रदेशको ११ ओटा जिल्लाका मुख्य सहरहरुका सार्वजनिक स्थानबाट ‘रोमियो’ पक्राउ गरेको उल्लेख गरेकोे छ ।

उत्तर प्रदेश प्रहरीकाअनुसार नोयडा, गाजियाबाद मेइरुटलगायतका सहरमा सादा पोसाकमा प्रहरी पहिलेदेखि तैनाथ गरिएको थियो ।

मुख्यमन्त्री आदित्यनाथले वरिष्ठ प्रहरी प्रमुखहरुलाई आधिकारिक निर्देशिका बनाएर अभियान चलाउन निर्देशन दिएका छन् ।

साथै, उनले युवा–युवती मञ्जुरीमै सँगै एक–आपसमा हिडिरहेका छन् भने बिनाकारण दुःख नदिनसमेत निर्देशन दिएको उत्तर प्रदेश प्रहरीले उल्लेख गरेको छ ।

उत्तर प्रदेशमा सन्चालन गरिएको उक्त अभियानलाई जनता दलले भने बिहारमा आवश्यक नरहेको प्रतिक्रिया दिएको छ ।जनता दलका नेता अलोकले ‘एन्टि रोमियो स्क्यार्यड’ अभियानबिना नै बिहार प्रहरी युवतीमाथि हुने दुर्व्यवहार रोक्न सक्षम रहेको बताएका हुन् । (एजेन्सी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्