प्रेम देवान /आवर विराटनगर डट नेट
विराटनगर २७ चैत । जय मिडिया म्यानिजमेन्ट प्रा.लिले संचालन गर्दै आएको मिस्टर एण्ड मिस एस.एल.सी नाम परिवर्तन गरी मिस्टर एण्ड मिस एसइइकाे रूपमा हुने भएकाे छ ।
गत वर्ष पहिलो संस्कारणमा एस.एलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरेको थियो भने यस पाली पनि निरन्तर दिने जनाएको छ । जय मिडीया प्रा.लिले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको प्रतियोगिता गर्ने जनाएको छ । पहिलो चरणको अडिसन वैशाख ८ गते इटहरी र ९ गते विराटनगरमा जानकारी गराएको हो ।
जय मिडिया प्रालिलाइ केहि अघि मिस काेशी नामक प्रतियाेगितामा विजेता बनाउनका लागि प्रतियाेगिसँग रकम मागेकाे अाराेप लागेकाे थियाे । पत्रकार सम्मेलनमा पत्रकारहरूले उक्त अाराेपबारे प्रश्न गरेपछि जय राेयले अाफुलाइ फसाउन उक्त अाराेप लागेकाे बताउदै पन्छिन खाेजेका थिए ।
प्रतियोगिताको फाइनल आगामी जेष्ठ १५ गते विराटनगरमा हुने प्रा.लिका निर्देशक जय राज राेयले पत्रकार सम्मेलनमा संञ्चारकर्मीलाई जानकारी गराए । यसपालीको एस इइदिएर बसेका विद्यार्थीहरुलाई पढाईप्रति लगाब बढाउनुको साथै उनीहरुमा भएको प्रतिभा उजागर गर्न यस प्रतियोगिमा ठूलो भूमिका खेल्ने निर्देशक रायले बताए ।
प्रतियोगिताको बिजेता हुनेले विराटनगरमा रहेको शिक्षादीपक कलेजमा म्यानेजमेण्ट वा विज्ञान संकायमा कक्षा ११ र १२ मा निशुल्क छात्रवृद्धी पाउने शिक्षादिप कलेजका संचालक भिम पराजुलीले जानकारी दिए ।