युट्युबले १० हजार भ्यु पुगेको च्यानललाई मात्रै विज्ञापन दिने घोषणा

<span class='c1'>युट्युबले १० हजार भ्यु पुगेको</span> <span class='c2'>च्यानललाई मात्रै विज्ञापन दिने घोषणा</span>

युट्युबले १० हजार भ्यु पुगेको च्यानललाई मात्रै विज्ञापन दिने घोषणा गरेको छ। यसले लाइफटाइम भ्यु दश हजार पुगेका भिडियो च्यानललाई मात्रै युट्युब पार्टनर प्रोग्राममा लिने बताएको छ।

त्यसपछि पनि विज्ञापन राख्नुअघि च्यानलहरुले मार्गनिर्देशन पालन गरेको छ, छैन त्यसको मूल्यांकन गरिनेछ। निर्माताहरुको भिडियो अरुले कपी गरेर पैसा कमाउने समस्या रोक्न युट्युबले यो नीति ल्याएको हो।

‘क्रियटरले आफ्नो च्यानलमा लाइफटाइम भ्यु १० हजार पुर्‍याइसकेपछि मात्रै हामी उनीहरुको गतिविधि नियाल्छौँ,’ युट्युब प्रोडक्ट म्यानेजमेन्टका उपाध्यक्ष एरियल बार्दिनले आधिकारिक ब्लगमा लेखेका छन्, ‘यदि सबैथोक ठीक रहेछ भने त्यस च्यानललाई हामी युट्युब पार्टनर प्रोग्राममा ल्याउनेछौँ र उनीहरुको सामग्रीमा विज्ञापन दिन सुरु गर्नेछौँ।’

यद्यपि केहीले १० हजार भ्यु मात्र सामग्री चोरीका लागि पर्याप्त नहुने बताएका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्