नेपालमा राष्ट्रप्रमुखकाे भ्रमणमा विदा दिइरहँदा, भारतमा भने सार्वजनिक विदा कटाैती गरिदै

नेपालमा राष्ट्रप्रमुखकाे भ्रमणमा विदा दिइरहँदा, भारतमा भने सार्वजनिक विदा कटाैती गरिदै

भारतकाे उत्तर प्रदेशका नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथले त्यस राज्यमा प्रतिष्ठित व्यक्तिका नाममा दिइने सार्वजनिक विदा कटाैती गर्ने घाेषणा गरेका छन् । विदा दिएर विद्यार्थीको पठनपाठन बन्द गराउनुका साटो त्यस दिन स्कुल लगाएर विद्यार्थीलाई तिनै व्यक्तिका बारेमा पढाउनुपर्ने धारणा राख्दै मुख्यमन्त्री आदित्यनाथले विदा कटाैति गर्न लागेका हुन् ।

याेगी भन्दा अघिका मुख्यमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादवले भने प्रतिष्ठित व्यक्तिहरूको सम्मानमा सार्वजनिक विदा दिनुपर्ने विचार राख्ने गरेका छन्  ।

‘मेरो कुरा केहिलाइ मन नपर्न सक्छ, तर प्रतिष्ठित व्यक्तिका नाममा सार्वजनिक छुट्टी दिएर स्कुल र कलेजहरू बन्द गर्ने चलनकाे अन्त्य हुनुपर्छ।’ याेगीले भन्छन् , 'धेरै अवसरमा जुन कारणले हामी विदा मनाइरहेका हुन्छौं, त्यो नै विद्यार्थीहरूलाई थाहा हुँदैन।'

उत्तर प्रदेशमा हरेक वर्ष करिब ३८ सार्वजनिक विदा छन्, जसमध्ये १९ वटा कुनै ठूला व्यक्तिको जन्म तथा स्मृति दिवस मनाउछन्।

नेपालमा जस्तै विभिन्न समुदायलाई खुसी पार्ने नाममा सार्वजनिक विदा वृद्धि हुने क्रम जारी छ । गएको एक दशकमा मात्र सार्वजनिक छुट्टीमा झन्डै ५० प्रतिशत वृद्धि भइसकेको छ । याेगीकाे सार्वजनिक विदा कटाैति गर्ने निर्णयले याे क्रममा पुर्णविराम लगाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्