९० सेकेन्डमा बसका यात्रीमाथि १६ राउन्ड गोली प्रहार, तीनजना मारिए

<span class='c1'>९० सेकेन्डमा बसका यात्रीमाथि १६</span> <span class='c2'>राउन्ड गोली प्रहार, तीनजना मारिए</span>

काठमाडौं, वैशाख ६ । अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नो सहरमा एकजना कालाजातिका व्यक्तिले एउटा बसमा आक्रमण गर्दा तीनजना मारिएका छन् । आक्रमणमा अर्का एकजना घाइते भएका छन् ।

कोरी अली मोहम्मद नामक बन्दुकधारीले ९० सेकेन्डमा यात्रीमाथि १६ राउन्ड गोली प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गर्नुभन्दाअघि उनले अरबी भाषामा ईश्वरको नाम लिँदै चिच्याएको बताइएको छ । प्रहरीले यो घृणाको अपराध भएपनि आतंकवाद नभएको जनाएको छ ।

३९ वर्षीय मोहम्मदले गत हप्ता पनि होटलका एकजना सुरक्षागार्डको हत्या प्रयास गरेका थिए ।

उनका बाबुले घटना श्वेत र अश्वेतबीच चलिरहेको संघर्षको हिंसा भएको बताएका छन् ।

अमेरिकामा बन्दुकसम्बन्धी हिंसाका कारण प्रत्येक वर्ष ३० हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । (एजेन्सी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्