वैशाखमा दुई पटक उल्का वर्षा देख्न पाइने

<span class='c1'>वैशाखमा दुई पटक उल्का</span> <span class='c2'>वर्षा देख्न पाइने</span>

काठमाडौं, वैशाख ६ । मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ ।

वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ ।

नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार वैशाख ५ गतेदेखि सक्रिय भएको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहनेछ ।

वैशाख ९ गते ९ः४५ बजे अत्यधिक सक्रिय हुनेछ । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५/२० वटा उल्का खसेको देख्न सकिनेछ ।

वैशाख १३ गते औशी परेकोले यस वर्षको उल्का वैशाख ९ गते राति ९ः४५ बजेदेखि २ः४५ बजेसम्म हेर्दा उत्तम हुने अध्यक्ष भट्टराई बताउँछन् ।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । थ्याचर पुछ्रे«ताराले सूर्यको एक फन्को लगाउन ४१५ वर्ष लगाउँदछ ।

अध्यक्ष भट्टराईका अनुसार वैशाख २३ गते कुम्भ उल्का वर्षा (एटा एक्वारिड मिटियोर सावर) हुँदैछ । उक्त दिन दक्षिणी गोलार्द्धबाट प्रतिघन्टा ५५ वटाभन्दा बढी उल्का देखिने भएपनि नेपालबाट १० देखि ३० वटासम्म देख्न सकिनेछ । हेली नामक पुछ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ । हेली पुछ्रेताराले सूर्यको एक फन्को लगाउन ७६ वर्ष लगाउँदछ ।

पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोको कण छोड्ने गर्छन जुन लाखौं किलोमीटरसम्म फैलिन सक्छन् ।

यसरी फैलिएका धुलोको कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा धुलाको कण पृथ्वीको वायुमण्डलमा ठोक्किँदा उल्का देखिन्छ । यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ । (रासस)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्